काठमाडौं - सेन्ट्रल फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७० हजार ८९३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरीे ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर वा संस्थाको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल मार्केट्स लिमिटेड काठमाडौंमा आवेदन पेश गर्ने सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया