काठमाडौं, सयपत्री हाइड्रोपावर लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने भएको छ । सभा काठमाण्डौको चाबहिलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न १ बजेबाट भर्चुअल माध्य््मबाट हुनेछ।
सभाले कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सोही सभाले सेयरधनीहरुबाट ६ जना सञ्चालक पनि चयन गर्नेछ।
प्रतिक्रिया