काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आव २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।
कम्पनीले कायम चुक्तापूँजी ८६ करोड रुपैयाँबाट ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया