आँधिखोला लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा, कहिले वितरण गर्ने ?

४ बर्ष अगाडि

काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले आव २०७७/०७८ सम्मको मुनाफाबाट शेयरपूँजी १० करोड रुपैयाँको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया