एनएमबि बैंकले बोलायो पुस २२ गते साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको हो । 

सभा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस ७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया