नेपाल लाईफ इन्स्योरेन्सको २ लाख १३ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा, कहिले दिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख १३ हजार १ सय कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । 

कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्ना नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएका हुनाले कम्पनीले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै म्पनीका संस्थापक शेयरधनीहरूले आफूले धारण गरेको शेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिएको हुँदा बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएको जनाएको छ । 

संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रिय कार्यालय, कमलादी काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया