काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्नका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते होटल सामना प्राली मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश पारित गर्ने छ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया