काठमाडौं - राष्ट्रिय सहकारी बैंकले वाणिज्य बैंकहरुमा तरलता अभाव भइरहेको भए पनि आफु भने सहज अवस्थामा रहेको बताएको छ । सिसिडि रेशियोको आधारमा नियामकीय व्यवस्था अनुसार अझै ७ प्रतिशत सहज अवस्थामा रहेको जनाएको छ ।
मंसिर २५ गतेको विवरण अनुसार बैंकको तरलता अवस्था १७.७३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.१६ प्रतिशत (शेयर पूँजी तथा कोषको रकम बाहेक) कायम रहेको बताएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सिडि रेसियो ९० प्रतिशतसम्म हुनुपर्छ तर नियामकीय व्यवस्था भन्दा झण्डै ११ प्रतिशत सहज अवस्थामा रहेको बैंकले जनाएको छ।
बैंकमा करिब ५० अर्ब निक्षेप रहेको र ३९ अर्ब कर्जा लगानी रहेको जनाएको छ । साथै राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात ८ प्रतिशत हुनु पर्नेमा बैंकको पूँजीकोष अनुपात ९।५१ प्रतिशत रहेको जनाएको छ ।
राष्ट्रिय सहकारी बैंकले अहिलेको तरलता संकटको अवस्थामा समेत कर्जा लगानी र बचत फिर्ता गर्दै आएको छ ।
प्रतिक्रिया