काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि एक महिला सहित ११ जनाले आवेदन दिएका छन् । मंसिर १२ गतेबाट खुलाइएको आवेदनको मिति सकिएको छ ।
कम्पनीको सिईओ पदका लागि ११ जनाले आवेदन दिईसेकका छन् । आवेदन दिनेमा बरिस्मा साउद आचार्य, सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्ध बाजि श्रेष्ठ, शेरजग कार्की, तोय राज अधिकारी, कृष्ण बहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी शेखर बराल, र राम बहादुर खड्का रहेका छन् ।
११ जनामध्ये अजोड इन्स्योरेन्समा डिसिईओको रुपमा अनुभव बटुलिसकेका सुरेन्द्र थापा, राष्ट्रिय बीमा कम्पनी र संस्थान छुटिने समयमा प्रशासकको रुपमा कार्यरत पूर्व प्रशासक राम बहादुर खड्का र युनाईटेड इन्स्योरेन्स कम्पनीको पूर्व सिईओ शेखर बराल कम्पनीको सिईओमा दाबेदारको रुपमा देखिएका छन् ।
कम्पनीको आगामी बोर्डको बैठकले ११ जना मध्ये एक जनालाई छनोट गर्ने छ । बोर्डको बैठक यो साता नै हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया