५ लाख जरिवाना ठहर बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी कारागार चलान

४ बर्ष अगाडि

काठमाडौं, नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरीले मोरङको सुनसरी धरान उपमहानगरपालिका–७ की ५० वर्षीया सुनिला याखालाई शनिबार पक्राउ गरि कारागार गरेको हो ।

उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले याखालाई बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर गरेको थियो ।

सो फैसला पछि फरार रहेकी उनलाई आफ्नै गायँमा लुकिछिपी बसेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया