१३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल भोलि

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष २७ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र एक गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल जेठ ३१ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल मंसिर २७ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि (मंसिर २७ गते, सोमबार) दिउँसो २ बजे बोलकबोल भएर पर्सी मंसिर २८ गते, मंगलबार बिक्री हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया