बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट

४ बर्ष अगाडि

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। 

यस सम्झौतापश्चात् ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पीसीआर चेकजाँच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकले उक्त सेवाहरुमा छुट उपयोग गर्नका लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। 

लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया