किर्ते कागज बुझाएको बारे रवीन्द्र मिश्रलाई सोध्यो निर्वाचन आगयोले स्पष्टीकरण

४ बर्ष अगाडि

काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई निर्वाचन आगयोले स्पष्टीकरण सोधेको छ । मिश्रले किर्ते कागज बुझाएको भनेर निर्वाचन आयोगमा मिलन पाण्डे समूहले हालेको मुद्दामा मिश्रलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

गत कात्तिक ११ गते मिश्रले केन्द्रीय कमिटीको जुम बैठक बोलाई विधान परिवर्तन गरेको र उक्त बैठकको माइन्युटमा किर्ते गरी मिश्र पक्षले निर्वाचन आयोगमा बुझाएको पाण्डे पक्षको आरोप छ ।

किर्ते माइन्युटलाई नै निर्वाचन आयोगले सदर गरिदिएको भन्दै मिलन पाण्डे पक्षले पुनः निर्वाचन आयोगमा निवेदन दिएको थियो । उक्त निवेदन हालेपछि निर्वाचन आयोगले रवीन्द्र मिश्र पक्षसँग स्पष्टिकरण सोधेको हो ।

यद्यपि अहिले मिश्रले पाण्डे समूहसँग छुटिएर नयाँ पार्टीसँग एकीकरण गरिसकेका छन् । उक्त पार्टीको नाम पनि 'विवेकशील साझा पार्टी' रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया