काठमाडौं, हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ८ वटा विकास बैंकहरूले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् ।
यस्तै, ८ वटा विकास बैंकमध्ये ५ वटा विकास बैंकको बुकक्लोज भइसकेको छ र बाँकी ३ वटा विकास बैंकहरूले भने हालसम्म साधारण सभा तथा बुकक्लोज मिति तोकेका छैनन् ।
कुन बैंकको कति लाभांश ?
१.कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडको असोज ७ गते, बिहीबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको १५ औं वार्षिक साधारण सभा आज कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गरेको थियो ।
२. महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेडको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन ।
३.सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियो ।
४. मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०=९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गतेदेखि बुकक्लोज गरेको थियो ।
५. ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडको मंसिर ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन ।
६. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन ।
७. लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको चौधौँ वार्षिक साधारण सभा पुष ९ गते, शुक्रबार बैंकको केन्द्रिय कार्यलय डिल्लीबजार, काठमांडौमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गतेदेखि बुकक्लोज गर्नेछ ।
८. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कार्तिक १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको तेह्रौँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार, महाराजा रिसोर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गरेको छ ।
प्रतिक्रिया