चिलिमे जलविद्युतद्धारा १५ प्रतिशत लाभांश घोषणा, साधारण सभा कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते शुक्रबार २५ औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया