२ करोड ५ लाख बोनस पारित गर्न मनकामना स्मार्ट लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले पुस १९ गते, दिउँसो २ बजे, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत अर्थात २ करोड ५ लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गर्नेछ । साथै सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको समेत चयन गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया