दक्षिण कोरियाले २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने

४ बर्ष अगाडि

काठमाडौं - दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने भएको छ । ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । 

शुक्रबार बसेको विदेशी कामदार पोलिसी निर्धारण समितिको बैठकले कोटा तोकेको हो । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार दक्षिण कोरियाले भाषा परीक्षा गरेका नयाँ र कोरियामा ४ वर्ष १० महिना काम गरी फर्केर स्पेशल भाषा परीक्षा ९सिबिटी० परिक्षा उत्तीर्ण दुबै तर्फका भएको बताइएको छ ।

लगिने ६६ हजार विदेशी कामदारमध्ये कोरीयाले उत्पादनमूलक क्षेत्रमा ४३, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३०, माछापालनमा ४ हजार ६ सय ४० र निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना छुट्याइएको हो । 

नेपालबाट जाने कामदार उत्पादनमूलक र कृषिक्षेत्रमा दक्षिण कोरिया जाने गरेका छन् ।   

४ बर्ष अगाडि

प्रतिक्रिया