साना किसान विकास लघुवित्तले लाभांश परित गर्न बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - लाभांश पारितको बिशेष ऐजेन्डा सहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ  ।

संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५औँ वार्षिक साधारण सभा पुस १८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान ११ बजेबाट सूरु हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ५ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया