आइएमई लाइफ इन्स्योरेन्सद्धारा २ लाख बढि मृत्यु बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको बाजुरा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । 

बाजुरा बडिमालिका नगरपालिका ६ का बीमित धनबहादुर खड्काकी श्रीमती सिता खड्कालाई २ लाख ३ हजार १ सय रुपैयाँ प्रदान गरेको जनाएको छ । 

स्व धन बहादुर खड्काले २०७७ साल पूस १६ गते कम्पनीको बाजुरा शाखामा १ लाख रुपैयाँको बीमा गरेका थिए । १ लाख रुपैयाँको बीमा गरेका उनले एक किस्ता वापत ७ हजार ६०५ रुपैयाँ प्रिमियम बुझाएका थिए । 

उनको भिरबाट लडेर कलिलो उमेरमा असामायिक निधन भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया