मुक्तिनाथ विकास बैंकद्धारा १८.५० प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंकको १५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । 

सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन, आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरुसहित आव २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त लाभांश मध्ये १७.५७ प्रतिशत बोनस शेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया