सूर्या लाइफको बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । 

इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ । सभाले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । 

उक्त लाभांश खान इच्छुकले आगामी पुस ८ गतेभित्र इन्स्योरेन्सको सेयर खरिद तथा होल्ड गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया