काठमाडौं - परामाउन्ट मोटर्सले शुक्रबार एक कार्यक्रम बीच एमजी ब्रान्डको नयाँ एसयुभी हेक्टर सार्वजनिक गरेको छ । एमजी नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ डिजाइन र आकर्षक फिचरसहितको हेक्टर नेपाली बजारमा ल्याएको हो । यो एसयुभी हेक्टर गाडी भारतीय बजारमा सर्वाधिक रूचाइएको गाडी रहेको कम्पनीले जनाएको छ ।
स्पोर्टी लुक्समा आएको यो गाडी १४ सय ५२ सीसी इन्जिन क्षमता दिएको छ जुन २ वटा अप्सनमा नेपाली बजारमा उपलब्ध रहेको छ । १.५ लिटर टर्बोचाज्ड पेट्रोल र हाईब्रीड इन्जिनमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ ।
हेक्टर एसयूभि गाडीको अधिकतम पावर ५ हजार आरपीएममा १४३ पिएस र २५० एनएम टर्क जेनेरेट गर्छ । अगाडि पछाडि डिस ब्रेक रहेको गाडीमा ६० लिटर फिउल ट्यांक रहेको छ । गाडीको लम्बाई ४६ सय ५५ एमएम, चौडाई १८ सय ३५, उचाई १७ सय ६० रहेको छ। हेक्टर २०२१ मोडलमा २६.४ सिएमको एचडी टचस्किन सिस्टम रहेको छ। हेक्टरको सेफ्टी फिचर्समा ३६० क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, एयर ब्याग, ईएसपी, टीसीएस, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रिक ब्रेक, रिभर्स क्यामेरा लगाएत रहेको छ ।
त्यसैगरी ६ स्पिड गिएर ट्रासमिसन, प्रतिलिटर १४ किलोमिटर माइलेज, १९२ एमएम ग्राउन्ड क्लियरेन्स, एलइडि हेडल्याम्प, बिएससिक्स भर्जनमा हेक्टर नेपाली बजारमा सार्वजनिक भएको छ । प्रति घण्टा १४० किलोमिटर स्पिडसम्म गुडने यो गाडीको भित्रि र बाहिरी भाग आकर्षक छ । यो गाडीको इन्टिेरिय भाग अझ बलियो बनाइएको छ । बस्नको लागी कम्फर्ट, उत्कृष्ट साउन्ड, लग्जरी लगाएतका विशेषता यो गाडीमा दिइएको छ ।
३ वटा भेरियन्टमा हेक्टर उपलब्ध रहेको छ । जसअनुसार साइन भेरियन्ट एमटीको मूल्य ५९ लाख ९९ हजार र सिभीटीको ६४ लाख ९९ हजार तोकिएको छ । स्मार्ट एमटीमा ६७ लाख ९९ हजार र सीभीटीमा ७० लाख ६० हजार रहेको छ । सार्प भेरियन्टमा एमटीको मूल्य ७३ लाख ९९ हजार र सीभीटीको मूल्य ७८ लाख २५ हजार मूल्य रहेको छ। हेकटर ८ वटा कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया