गणपति लघुवित्त छैटौँ वर्षमा प्रवेश

४ बर्ष अगाडि

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्थाले स्थापनाको छैटौँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमार्फत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमार्फत पोखरा–३२ मा अवस्थित राधाकृष्ण बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा बटुकहरुलाई भोजन, न्यानो कपडा, खेलकुद र शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

साथै, संस्थाका विभिन्न शाखा कार्यालयमार्फत सरसफाइ कार्यक्रम, वृक्षरोपण, शैक्षिक तथा खेलकुद सामग्री वितरणजस्ता विभिन्न कार्यक्रममार्फत स्थापना दिवस मनाइएको संस्थाले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया