डलर खाता खोल्न खुला गरेपछि मार्केटिङको लागि अघि बढ्यो  एनआरएन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले गैर आवासीय नेपालीलाई डलर खाता खोल्न खुला गरेपछि त्यसको मार्केटिङको लागि गैर आवासीय नेपाली संघ लागि परेको छ । गैरआवासीय नेपालीहरुकै माग अनुसार नै राष्ट्र बैंकले डलर खाता खोल्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई पठाएको परिपत्र अनुसार अमेरिकी डलरको अलावा युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन र चिनियाँ युआन गरी ७ वटा विदेशी मुद्रामा खाता खोल्न खुला गरिएको हो । 

विदेशी निक्षेपमा खाता खोल्न न्यूनतम निक्षेप भने ५ हजार अमेरिकी डलर वा सो बराबरको परिवत्य विदेशी मुद्रामा हुनुपर्नेछ । पहिलो १० हजार डलर जम्मा गरेर २ वर्ष राख्नुपर्ने प्रावधानलाई सहजीकरण गरेर अहिले १ वर्षको मात्रै पनि मुद्दती खाता खोल्न मिल्ने र ५ हजार मात्रै निक्षेप पनि ल्याउने मिल्ने गरी सहजिकरण गरिएको बताइएको छ ।

राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा विदेशी निक्षेप खातामा न्यूनतम निक्षेप ५ हजार अमेरिकी डलर हुनुपर्ने भनिएको छ । गैर आवासीय नेपालीले मुद्दती निक्षेप र वचत निक्षेप गरी दुई प्रकारले खाता खोल्न सकिन्छ । मुद्दती निक्षेप चाँहि १ वर्षको हुन्छ त्यसमा त्रैमासिक व्याज प्राप्त हुन्छ र त्यो व्याज फिर्ता लग्न चाहेमा त्रैमासिक रुपमा सम्बन्धित देश लान सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया