बुटवल - नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रमणी खनाल बलदेबले सरकारको समिक्षा गर्ने बेला नआएको बताए । शुक्रवार अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको चौथो अर्घाखाँची महोत्सबको उद्घाटन गदै खनालले यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरि विकास गर्ने योजनामा रहेको बताए ।
निर्वाचनको समयमा गरिएका बाचा पुरा गर्ने बताउदै बृद्धबृद्धाहरुको भक्ता सरकारले दोव्वर बनाउने स्पष्ट पारे । नेपालमा पानी जहान र रेलको कुरा सपना नभई बर्तमान सरकारले ५ वर्षमा पुरा गर्ने बताए ।
गुल्मीमा रहेको कफिजोन लाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफि उत्पादनमा सुधार ल्याउने गरि योजना राखिएको बताए । अर्घाखाँची जिल्ला मासु दुध उत्पादन आत्म निर्भर रहेको बताउँदै खनालले बुटवलमा विक्री केन्द्र बनाउने योजना रहेको बताए ।
कार्यक्रममा मन्तब्य राख्दै पूर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोप बहादुर रायमाझीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै अर्घाखाँची सहमतिको जिल्ला भएको बताए । निर्माणधीन विमानस्थलले १÷२ वर्षमा पूर्णता पाउने बताउदै जिल्लाको विकासको लागि आफुले मेघा पोजेट ल्याईरहेको बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्जबल प्रदेशसभा सदस्य चेतनारायण आचार्य रामजी घिमिरे निर्मला क्षेत्री ,जालपा भुसाल,जिल्ला स्थित राजनितिक दलका प्रमुख सरोकारवाला निकायले कार्यक्रम सफलताको शुभकामना दिदै महोत्सवले जिल्लाको विकासका लागी सहयोग पुग्ने बताए ।
कार्यक्रम महोत्सब मूल समितिका संयोजक तथा उद्योग बाािणज्य महासंघका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालको सञ्चालन, उपाध्यक्ष जीबनारायण खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमा स्थानीय तहका जनप्रतिनिधि को सहभागीता रहेको थियो कार्यक्रमा विभिन्न जातजातिले आफ्नो पहिचान झल्कने गरी नृत्य प्रस्तुत गरेका थिए । महोत्सब माघ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया