कांग्रेस सभापति पदका लागि ३० हजार  शुल्क, उपसभापति र महामन्त्रीका लागि २५ हजार

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेस १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ । 

कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार  शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । 

सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।

४ बर्ष अगाडि

प्रतिक्रिया