कोरिया रोजगारीमा जाने कामदारले होटल क्वारेन्टाइन खर्च बेहोर्नु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागू गर्न झन् कठिन हुन थालेको छ । 

जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टाइन खर्चसमेत बेहोर्नु पर्ने भएको छ ।

रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टाइन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल राष्ट्र बैंकले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । जबकि अन्य गन्तव्य मुलुकमा जाने श्रमिकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउँछन् ।

कोरोनाका कारण क्वारेन्टाइन खर्चबापत थप व्यवस्था गर्नुपर्ने व्यहोरा खुलेको वैदेशिक रोजगार विभागको पत्रको आधार एक हजार पाँच सय अमेरिकी डलरसम्म विद्युतीय कार्डको माध्यमबाट सटही सुविधा उपलब्ध गराउन केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया