काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रसमा रहेको atlas employment ltd कम्पनीले १८ जना महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि १ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ४२ हजार माथि पाउनेछन् । इच्छुक कामदारले एप्स सर्भिसेस प्रालिको कार्यालय बालकुमारी ललितपुरमा पुस २ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्नेछ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ
प्रतिक्रिया