काठमाडौं - जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको यस वर्षको एमडिआरटी लक्ष्य पुर्याउन १९ दिन बाँकी रहेको छ ।
नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरु एमडिआरटीको टार्गेट पुर्याउन सक्रिय भएर लागेका छन् ।
यसअघि नै सुरक्षित भइसकेकाहरु जनवरी १ देखि नयाँ व्यवसायको भेला पार्दैछन् भने लक्ष्य पुग्न बाँकी रहेकाहरु अन्तिम प्रयासमा तीव्र भएर जुटेका छन् ।
जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म भएकोले एमडिआरटी, सिओटी र टिओटीलाई सफल र दक्षतायुक्त बीमा अभिकर्ता मानिने भएकोले पनि जीवन बीमा अभिकर्ताहरु सक्रिय रुपमा लागेका हुन् ।
आगामी पुस १६ अर्थात डिसेम्वर ३१ सम्ममा एमडिआरटीको लक्ष्य ३४ लाख ९८ हजार ९नेपालका लागि तोकिएको० पुर्याउने अभिकर्ताहरुले मात्रै आगामी वर्षको एमडिआरटीमा भाग लिन पाउने छन् ।
जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३४ लाख ९८ हजार रुपैयाँ संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् ।
यस वर्ष कूल ३४ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नेले एमडिआरटीमा क्वालिफाईड हुने व्यवस्था गरिएको छ । गत वर्ष एमडिआरटीमा क्वालिफाईड हुनको लागि ४४ लाख ३० हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नुपर्ने व्यवस्था थियो ।
एमडिआरटीमा ७० देशका ५०० भन्दा बढि बीमा कम्पनीहरु आबद्ध छन् ।
प्रतिक्रिया