नेपाली कांग्रेस : ६ वर्षमा ११ करोड बढी चन्दा संकलन, ३१ करोड ९९ लाख धेरै आम्दानी

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसले पछिल्लो ६ वर्षमा ११ करोड बढी रकम चन्दा संकलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ ।

प्रतिवेदनअनुसार २०७२/०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३/०७४ मा एक करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ । २०७४/०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५/०७६ मा १ करोड ४६ लाख ४० हजार ७०६, ०७६/०७७ मा ६२ लाख २१ हजार ६६१ रकम संकलन भएको छ । २०७७/०७८ मा १ करोड, ३ लाख ४१ हजार ६५८ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ ।

सभापति देउवाको पालमा चन्दासहित दस्तुर तथा नवीकरण, कुपन तथा पब्लिकेशन विक्री र अन्य स्रोतबाट कुल ३१ करोड ९९ लाख ३१ हजार ८५४ रुपैयाँ आम्दानी गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया