मलेसियामा मासिक तलब १५ सय र ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मजदुर सडकमा

४ बर्ष अगाडि

काठमाडौं - सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका छन् । 

तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियामा स्वदेशी तथा विदेशी कामदारले न्यूनतम मासिक १२ रिंगेट पाइरहेका छन् ।

मलेसियामा सन् २०२० देखि नै मजदुर संगठनहरूले तलब वृद्धिको माग गर्दै आएका छन् । तर कोरोनाको कारणले तलब वृद्धिको विषय अगाडि आएको थिएन ।

मलेसियाका मजदुर संगठनहरूले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया