ओलीको सासनबाट जनताले मुक्ति पाए, अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा मैले दिएको छु : प्रधानमन्त्री देउवा

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । 

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए । 

उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए । उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे । 

‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने । 

४ बर्ष अगाडि

प्रतिक्रिया