कुमारी बैंकको २९ हजार ६८८ कित्ता संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २९ हजार ६८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय टैगाल काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया