टेलिकमको प्रबन्ध निर्देशकको पदावधि बढ्यो ,मासिक तलब २ लाख ५० हजार

४ बर्ष अगाडि

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकको पदावधि बढाएको छ । सरकारले नयाँ निर्देशिका जारी गर्दै टेलिकमको प्रबन्ध निर्देशक पदमा चार वर्षसम्म काम गर्न पाउने प्रावधान राखेको हो ।

यसअघि यो पदको कार्यकाल तीन वर्षको थियो ।  दुई हप्ता अघिमात्रै सरकारले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ पारित गरेको थियो ।

टेलिकमको नयाँ प्रबन्ध निर्देशकको तलब मासिक दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

हाल प्रबन्ध निर्देशकको तलब दुई लाख मात्रै रहेको थियो । त्यसमा ५० हजार वृद्धि गर्दै दुई लाख ५० हजार मासिक तलब पुर्‍याइएको हो । त्यसबाहेक नयाँ प्रबन्धले मासिक ६० हजार रुपैयाँ घरभाडा प्राप्त गर्नेछन् ।

यदि काठमाडौंमा घर भएको खण्डमा वर्षमा एक महिनाको तलब घर मर्मतका लागि उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । त्यस्तै भ्रमण खर्च, चाडपर्व खर्च स्वरूप थप एक महिनाको तबल उपलब्ध हुनेछ ।

साथै अतिथि सत्कार खर्च, टेलिफोन खर्चलगायतका सुविधाहरू पाउनेछन् । साथै नियुक्ति अवधिभर चालकसहित एक थान कार र मासिक १५० लिटर इन्धनसमेत उपलब्ध हुने जनाइएको छ ।

यसबाहेक प्रबन्ध निर्देशकले १० लाख रुपैयाँको दुर्घटना बीमा र पाँच लाख रुपैयाँको औषधी उपचार बीमा पाउनेछन् । यसरी तलब र सेवा सुविधा थप गरिएको भएतापनि सरकारले प्रबन्ध निर्देशकको कार्यभार भने घटाएर अझ हुलको बनाइ दिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया