काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
नुवाकोट बट्टारमा आयोजित सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु निर्विरोध रुपमा चयन गरेको छ । जसमा प्राइम कमर्सियल बैंकको तर्फबाट संजिव मानन्धर,सिटिजन्स बैंकको तर्फबकाट सुमित बाबु खत्रि,ग्लोब आइएमई बैंकको तर्फबाट कल्याण विक्रम पाण्डे र कुमारी बैंकको तर्फबाट सजना मानन्धर निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया