काठमाडौं, निर्माणको तयारीमा रहेका दुई फिल्म ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ को छायांकन सुरु हुने अन्योल भएपछि अभिनेत्री वर्षा राउतले बिहीवार नयाँ फिल्म साइन गरेकी छन् । आगामी पुष दोस्रो साताबाटछायांकन सुरु हुन लागेको फिल्म ‘लाखे’ मा उनी अनुबन्ध भएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले वर्षासँग बिहीवार कागजी सम्झौता गरेका हुन् ।
वर्षाको प्रवेशसँगै फिल्ममा कलाकारकोे लाइनअप बलियो बनेको छ । फिल्ममा यसअघि सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल अनुबन्ध भइसकेका छन् ।
फिल्ममा सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए।परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बाल कलाकार सिष्टम भण्डारीको अभिनय रहनेछ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् ।
निर्माता अर्यालकै कथा रहेको फिल्मको प्रस्तुकर्ता गणेश मल्ल ठकुरी र कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । ठूलो बजेटमा निर्माण हुने फिल्ममा दिलिप पन्त प्रोडक्सन डिजाइनर छन् ।
प्रतिक्रिया