१०४८७ जनाको परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार मा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६४७२ पीसीआर परीक्षणमा ४०१५ एन्टिजेन परीक्षणमा गरी कुल १०४८७ जनाको परीक्षणमा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ६ हजार २३७  संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५५२ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया