काठमाडौं - जीवन बीमक संघ र नेपाल बीमक संघले पुनर्बीमा निर्देशिका पुनरावलोकन गर्न बीमा समितिलाई आग्रह गरेका छन् ।
स्वदेशमा मात्रै पुनर्बीमा गराउँदा जोखिम विविधीकरण नहुने भन्दै दुबै बीमक संघले निर्देशिका पुनरावलोकन गर्न आग्रह गरेका हुन् ।
दुबै बीमक संघले संयुक्त रुपमा बीमा समितिमा ज्ञापनपत्र बुझाउँदै पुनर्बीमा सम्बन्धी निर्देशिका पुनरावलोकन गर्न आग्रह गरेको छ ।
अन्तराष्ट्रिय मूल्य र मान्यता अनुसार निर्देशिकालाई संशोधन गर्नुपर्ने माग सहित ज्ञपानपत्र बुझाएको जनाएको छन् । दुबै बीमक संघले निर्देशिका पुनरावलोकन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएपछि समितिले त्यस सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको नेतृत्वमा समितिले कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाल बीमक संघ र जीवन बीमक संघको तर्फबाट पनि सदस्य रहेका छन् ।
अब कार्यदलको सुझावको आधारमा पुनर्बीमा निर्देशिका संशोधन हुनेरनहुने विषयमा निर्णय हुने बीमा समितिले जनाएको छ ।
प्रतिक्रिया