काठमाडौं, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा पुस २ गते गर्ने भएको छ । कम्पनीले सभा अर्पण ब्याक्वेट नयाँ बानेश्वरमा हुने जानकारी दिएको छ ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि पारित गर्नेछ ।
प्रतिक्रिया