काठमाडौं - मुक्तिनाथ विकास बैकको १५औं वार्षिक साधारण सभा भोलि बस्दै छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्नेका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
प्रतिक्रिया