पुसमा निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको सहमति

४ बर्ष अगाडि

काठमाडौँ । बैंकहरुले पौष महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । शुक्रबार बसेको नेपाल बैंकर्स एसोसिएसनको बैठकमा उनीहरुले ब्याजदर नबढाउने सहमती गरेका हुन् । 

आजको बैठकमा गएको २३ दिनमा बढेको निक्षेप र बजारको विषयमा समीक्षा भएको थियो । नेपालमा २७ वाणिज्य बैंकमध्ये २५ बैङ्कका सीईओ तथा प्रतिनिधि सहभागी बैठकमा बजारमा तरलताको सङ्कट बढ्दै गएको भए पनि ब्याजदर नबढाउने सहमति भएको हो । 

गत कात्तिक र मङ्सिरमा निक्षेपको व्याज बढाएका थिए । तर पौषमा भने ब्याजदर नबढाउने विषयमा छलफल भएको बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले बताए। ‘आजको बैठकमा निक्षेप नबढेको भन्दै ब्याजदर नबढाऊँ भन्ने धेरै बैङ्कको साथीहरूको धारणा आयो’, अध्यक्ष उपाध्यायले भने । 

बैठकमा सहभागी नभएका बैङ्क अफ काठमाडू र लक्ष्मी बैङ्ङ्का प्रतिनिधि र विकास बैङ्क वित्त कम्पनीसँग पनि सल्लाह गरेर ब्याजदरबारे निर्णय लिने सङ्घका अध्यक्ष उपाध्यायले बताए ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया