महुली लघुवित्तले पुष ४ गतेबाट संस्थापक सेयर बिक्री गर्ने, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले पौष ४ गतेबाट संस्थाले ३ हजार ५ सय कित्ता संस्थापक समूहको सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतम मूल्य ७ सय ३५ रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले पौष ४ गतेबाट पौष ११ गतेसम्म न्युनतम ५ सय कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया