मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं, मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।

कम्पनीका अनुसार शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया