काठमाडौं, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस २१ गते डाकेको छ । सभा बिहान ११ बजे होटल पिस प्यालेस बाग्लुङ्ग बजारमा हुनेछ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली समसामयकि थप र संशोधन गर्ने र कुनै लघुवित्त वित्तीय संस्थासँग यस लघुवित्त एक आपसमा गाभ्नेर गाभिने प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारि गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया