बीमा समितिले ८९ करोडको लागतमा नयाँ भवन बनाउने

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले आफ्नै नयाँ भवन बनाउने भएको छ । समितिले करीब ८९ करोड रुपैयाँ लगानीमा नयाँ भवन निमार्ण गर्न लागेको हो । 

समितिले भवन निर्माणका लागि चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत उक्त रकम विनियोजन गरिसकेको छ ।ललितपुरको कुपण्डोलमा रहेको आफ्नै जग्गामा नयाँ भवन निर्माण गरिने समितिले जनाएको छ । 

मंसिर २७ गते भवन निर्माणको शिलान्यास अर्थमन्त्री जनार्दन शर्माले गर्ने कार्यक्रम तय भईसेकेको पनि समितिले जनाएको छ । प्रस्तावित नयाँ भवन पूर्ण रूपमा अपाङ्गमैत्री र भूकम्प प्रतिरोधात्मक हुने समितिको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया