काठमाडौं, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस १८ गते बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ काभ्रेपलाञ्चोकमा हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले यस आदर्श लघुवित्त वित्तीय संस्था र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एकापसमा गाभिन वा प्राप्तिका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया