काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । सभा पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका दुलेगौंडा, तनहुँमा हुनेछ ।
उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२ लाख ७३ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
साथै आव २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीको तर्फबाट, सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालक र स्वतन्त्त संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ७ गतेदेखि पुष ९ गतेसम्म बुकक्जोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ६ गतेसम्म कायम शेयरधीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया