लुम्बिनी विकास बैंक पुस ९ गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस ९ गते केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत बस्नेगरी बोलाइएको हो । 

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया