१४ प्रतिशत लाभांश पारित गर्न आइसिएफसि फाइनान्सले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - आइसिएफसि फाइनान्स लिमिटेडले १८ औं वार्षिक सााधारण सभा बोलाएको छ । सभा पुष ५ गते सोमबार आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने भएको छ ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात र गत आावको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुष ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया