काठमाडौं - प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही प्रस्ताव पारित गर्न बैंकले पुस १८ गते, आइतबार बीसौँ वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस ४ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया